

कराँची किंग्सका ओपनर बाबर सर्वोत्कृष्ट खेलाडी घोषित



मंसिर ३, एजेन्सी
पाकिस्तान क्रिकेट टोलीका कप्तान तथा कराँची किंग्सका ओपनर बाबर आजम पाकिस्तान सुपर लिग ९पिएसएल० २०२० को सर्वोत्कृष्ट खेलाडी ९प्लेयर अफ द सिरिज० घोषित भएका छन् ।
मंगलबार राती सम्पन्न फाइनलमा कराँचीलाई पहिलो पटक पिएसएलको उपाधि दिलाउन बाबरले अविजित अर्धशतकीय इनिङ खेलेका थिए । फाइनलमा लाहोर कलन्दर्सलाई ५ विकेटले हराउँदै कराँची च्याम्पियन बनेको थियो । जसक्रममा बाबरले ४९ बलमा ६३ रनको इनिङ खेलेका थिए ।
बाबर पिएसएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ११ इनिङमा तीन पटक अविजित रहँदै कुल ४ सय ७३ रन बनाए । जसमा पाँच अर्धशतक सामेल छ । बाबर क्वालिफायर र फाइनल दुबैमा प्लेयर अफ द म्याच चुनिएका थिए । दुबै खेलमा अर्ध शतक प्रहार गरेका थिए । उत्कृष्ट लयमा रहेका बाबरले लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।
त्यस्तै पिएसएल २०२० मा पाकिस्तानकै युवा तीव्र गतिका बायाँ हाते बलर शाहिन अफ्रिदी उत्कृष्ट बलर चुनिएका छन् । लाहोर कलन्दर्सका अफ्रिदीले १२ खेलमा १७ विकेट लिएका थिए । स्प्रिट अफ क्रिकेट अवार्ड मुल्तान सुल्तान्सले पाएको छ । उत्कृष्ट विकेटकिपर कलन्दर्सका बेन डंक चुनिएका छन् । उनले प्रतियोगिताभर कुल ९ क्याच लिएका थिए ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया