

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो




दाङ – दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा तुलसीपुर –६ का २२ वर्षीय विवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही–१६ गुर्जेखोला नजिकै आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी रा ८ प ३४१ नम्बरका मोटरसाइकल चालक सुवेदीको ज्यान गएको हो भने रा २ प ६१६३ नम्बरका मोटरसाइकल चालक घोराही–११ निवासी ३४ वर्षीय विनोद बस्नेत गम्भीर घाइते हुनुभएको छ । उहाँको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया