

हत्या आराेपमा दुईजना पक्राउ

साझाकुरा । बाँकेको बैजनाथ गाउँपालिका– ८ का २५ वर्षीय दिनेश रोकायको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ का३५ वर्षीय रामबहादुर राना र वडा नम्बर ६ का १७ वर्षीय एक किशोर रहेका छन् ।
ती किशोरको परिचय भने प्रहरीले खुलाएको छैन ।
वडा नम्बर ८ स्थित बिचलाईनस्थित एक विवाह कार्यक्रममा शुक्रबार विवादपछि कुटपिट भएको थियो ।
कुटपिटको क्रममा दिनेश गम्भीर घाइते भएका थिए । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दिनेशलाई तत्काल उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो ।
पछि भारतको लखनउमा उपचारका लागि पठाइएको थियो । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट घाइते भएका अन्य ५ जनाको मेडिकल कलेज कोहलपुरमै उपचार भइरहेको छ ।
प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।


खबर सबै
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना
-
पेनाल्टी सुटआउटमा नेदरल्याण्डसलाई पराजित गर्दै मोरक्को विश्वकपको अन्तिम १६ मा
-
काठमाण्डाै जादै गरेकाे बस कपिलवस्तुमा दुर्घटना, २२ जना घाइते
-
कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा विद्यार्थीका लागि अभिमुखीकरण
-
अमेरिका र इरानबीच एक-अर्कामाथि आक्रमण रोक्ने सहमति







प्रतिक्रिया