

बंगलादेश जाने फटुबल टोलीको बुधबार विदाई

कार्तिक १९ काठमाडौं ।
बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नेपाली टोलीको बुधबार विदाई गरिएको छ । बंगलादेशको ढाका जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य सचिव रमेश कुमार सिलवालले विदाई गरेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखेप सदस्य सचिव सिलवालले भरत खवास र किरण लिम्बूलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै विदाई गरेका थिए ।
नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बिहिबार बंगलादेशतर्फ प्रस्थान गर्नेछ । नेपाली टोली बंगलादेशमा एक साता क्वारिन्टिनमा बस्नेछ । एक साताको क्वारिन्टिन बसाइँपछि खेलाडीको पुनः केरोना परीक्षण गरिने छ ।
नेपालका गरिएको कोरोना परीक्षणमा सात जना खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । बन्द प्रशिक्षणका लागि डाँकीएका ३४ जना खेलाडीमध्ये सात जनामा कोरोना संक्रमण देखिएको थियो । बन्द प्रशिक्षणका बोलाइएका ३४ जनामध्ये कोरोना संक्रमण सात र चोट बोकेका मिडफिल्डर रोहित चन्दसहित आठ खेलाडीले बंगलादेश टुर गुमाएका छिन् ।
नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ र दोस्रो खेल मंसिर २ गतेका लागि तय भएको छ ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया