

लुम्बिनी प्रदेशमा कार्यव्यवस्था परामर्श समितिको पुनर्गठन




कपिलवस्तु । लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकले कार्यव्यवस्था परामर्श समिति पुनर्गठन गरेको छ। समितिको गठन प्रदेशसभाको नियमावली नियम १४ ९१० अनुसार सभामुखको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गर्ने व्यवस्था अनुसार भएको हो।
समितिमा विभिन्न पार्टीका प्रतिनिधिहरूको समावेश गरिएको छ। यसमा एमालेबाट तुलसीप्रसाद चौधरी र यमुना रोका तामाङ, कांग्रेसबाट जमुना ढकाल र निमा गिरी, माओवादीबाट इन्द्रजित थारू, राप्रपाबाट मीनाकुमारी श्रेष्ठ, जनमत पार्टीबाट सुमन शर्मा रायमाझी, नागरिक उन्मुक्ति पार्टीबाट राजकुमार चौधरी, लोसपाबाट हेमा बेल्वासे र जसपा नेपालबाट भण्डारीलाल अहिर परेका छन्।
सभामुख तुलाराम घर्ती मगरले बैठकमा समितिको पुनर्गठनको जानकारी दिएका छन्। चौथो अधिवेशनको अन्त्य भएको साढे तीन महिनापछि लुम्बिनी प्रदेशसभाको पाँचौँ अधिवेशन सुरु भएको हो। अर्को बैठक भने बुधवार दिउँसो १ बजे बस्ने तय गरिएको छ।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया