

आइपिएल : आज कोलकत्ता र बैंगलोर भिड्दै



कार्तिक ५ एजेन्सी ।
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा आज (बुधबार) कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । अबुधाबीमा कोलकत्ता र बैंगलोर दशौँ खेलका लागि मैदान उत्रने छन् । कोलकत्ता र बैंगलोरबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ता छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ५ जितसहित १० अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ । इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता बैंगलोरलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी घटाउन चाहन्छ । तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध जित निकाल्न कोलकत्तालाई कठिन भने हुनेछ ।
किनकि बैंगलोर सातौं जितको खोजीमा रहेको छ । बैंगलोर ९ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । कोलकत्तालाई हराएर बैंगलोर शीर्ष टोलिसँग अंक बराबरी गर्न चाहन्छ । यस्तै बैंगलोर कोलकत्ताविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । सिजनको पहिलो भेटमा कोलकत्तालाई बैंगलोरले ८२ रनले हराएको थियो । कोलकत्ता भने बैंगलोरसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया