

प्रादेशिक अस्पतालमा जनशक्ति नहुदा प्रयोग विहिन भए आधुनिक उपकरण

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङमा रहेका दुई ठुला सरकारी अस्पतालमा जडित उपकरण हाल प्रयोग विहिन बनेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुुलसीपुरमा कोरोना महामारीका बेला जोडिएका उपकरण हाल प्रयोग विहिन बनेका हुन ।
राप्ती प्रादेशिक अस्पताल तुुलसीपुरले प्रदेश तथा संघीय सरकारको सहयोगमा सय बेडको अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको थियो । उक्त अस्पतालमा २० बेड आईसीयु र ९ बेड भेन्टिलेटर सेवा सञ्चालनमा थियो । तर, महामारीको प्रभाव कम भएसँगै आईसीयु र भेन्टिलेटर उपकरण अस्पतालको गोदाममा थन्किएका छन् ।
महामारीको समयमा सञ्चालित आईसीयु र भेन्टिलेटर सेवा पछिल्लो समय प्राविधिक जनशक्तिको अभावमा थन्किएका हुन् । राप्ती प्रादेशिक अस्पतालको गोदाममा २० थान आईसीयु उपकरण र ९ थान भेन्टिलेटर उपकरण अलपत्र अवस्थामा छन् ।
महामारीको समयमा चलेको आईसीयु र भेन्टिलेटर सेवा प्राविधिक जनशक्ति र संरचना नहुुँदा अहिले अस्पतालले चलाउन नसकेको अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. ओम अर्यालले बताए । कोरोना महामारीको समयमा सरकारले उक्त उपकरण राप्ती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो । ती उपकरण अहिले प्रयोगबिहीन हुँदा दाङवासीले सघन स्वास्थ्य उपचार सेवाको अभाव झेल्नुु परेको छ । डा. अर्यालले थपे, ‘उपकरण त छन् तर संरचना छैनन्, संरचना बनाउन सकिन्थ्यो तर उपकरण चलाउने प्राविधिक जनशक्ति छैनन् ।’
उपकरण व्यवस्थापनसँगै सरकारले उक्त उपकरणको सञ्चालन तथा व्यवस्थापनका लागि संरचना र जनशक्ति बन्दोबस्त गर्न सके दाङवासी सघन उपचार सेवा जिल्ला बाहिर जानुुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया