

भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न



कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ९ भर्तापुरमा सोमबार वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । अमृते सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न गरिएको हो ।
बाणग्ांगा नगरपालिका वडा नम्बर ९ भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका बिचमा गरिएको प्रतिश्पर्धा अन्तरगतको वक्तृतवकलामा सात वटा विद्यालयले सहभागिता जनाएका थिए । वातावरण संरक्षणमा वनको महत्व विषयक वक्तृत्वकलामा राम आधारभूत विद्यालयका विद्यार्थी नविना आचार्य प्रथम भए भने जस्मीन बड्स स्कुलका एञ्जिला पौडेल द्धितीय र भर्तापुर आधारभूत विद्यालयका वर्षा पाण्डे तृतीय भएको निर्णायक मण्डल समितिका सदस्य रोमकान्त घिमिरेले बताए ।
यस्तै सोही कार्यक्रम अन्र्तगतको अर्काे प्रतियोगिता चित्रकलामा कपिलमुनी वैदिक संस्कृत विद्या पिठ गुरुकुलम विद्यालय कपिलधामका विद्यार्थी नियुष आचार्य प्रथम भएका छन् । चित्रकलामा भर्तापुर आधारभूत विद्यालयका संगिता बुढा मगर द्धितीय र शुधोदन मावि जिनुवाका समिर सारु मगर तृतीय हुन सफल भए ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । अमृते सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रध्यापकद्धोय रोमाकान्त घिमिरे र गोबिन्द खनाल वक्तृत्वकलाको निर्णायकमा रहेका थिए भने चित्रकला तर्फ चित्रकार झबिन्द्र कुवँरले निर्णायकको रुपमा रहेका थिए ।
कार्यक्रममा टोलविकास संस्थाका अध्यक्ष हरिबहादुर खनालसहित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरु लगाएतको उपस्थिति रहेको थियो ।
सामुदायिक वनका उपाध्यक्ष मिरा पौडेलको स्वागत तथा दिपक कुमार कुवँरको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।



खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया