

प्रादेशिक अस्पतालमा जनशक्ति नहुदा प्रयोग विहिन भए आधुनिक उपकरण



दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङमा रहेका दुई ठुला सरकारी अस्पतालमा जडित उपकरण हाल प्रयोग विहिन बनेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुुलसीपुरमा कोरोना महामारीका बेला जोडिएका उपकरण हाल प्रयोग विहिन बनेका हुन ।
राप्ती प्रादेशिक अस्पताल तुुलसीपुरले प्रदेश तथा संघीय सरकारको सहयोगमा सय बेडको अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको थियो । उक्त अस्पतालमा २० बेड आईसीयु र ९ बेड भेन्टिलेटर सेवा सञ्चालनमा थियो । तर, महामारीको प्रभाव कम भएसँगै आईसीयु र भेन्टिलेटर उपकरण अस्पतालको गोदाममा थन्किएका छन् ।
महामारीको समयमा सञ्चालित आईसीयु र भेन्टिलेटर सेवा पछिल्लो समय प्राविधिक जनशक्तिको अभावमा थन्किएका हुन् । राप्ती प्रादेशिक अस्पतालको गोदाममा २० थान आईसीयु उपकरण र ९ थान भेन्टिलेटर उपकरण अलपत्र अवस्थामा छन् ।
महामारीको समयमा चलेको आईसीयु र भेन्टिलेटर सेवा प्राविधिक जनशक्ति र संरचना नहुुँदा अहिले अस्पतालले चलाउन नसकेको अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. ओम अर्यालले बताए । कोरोना महामारीको समयमा सरकारले उक्त उपकरण राप्ती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो । ती उपकरण अहिले प्रयोगबिहीन हुँदा दाङवासीले सघन स्वास्थ्य उपचार सेवाको अभाव झेल्नुु परेको छ । डा. अर्यालले थपे, ‘उपकरण त छन् तर संरचना छैनन्, संरचना बनाउन सकिन्थ्यो तर उपकरण चलाउने प्राविधिक जनशक्ति छैनन् ।’
उपकरण व्यवस्थापनसँगै सरकारले उक्त उपकरणको सञ्चालन तथा व्यवस्थापनका लागि संरचना र जनशक्ति बन्दोबस्त गर्न सके दाङवासी सघन उपचार सेवा जिल्ला बाहिर जानुुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया