

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ



नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको निम्ति पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो । पौडेल सोमबार पार्टी पुनर्गठन अभियान लिएर सुर्खेत पुगेका थिए ।
उनलाई वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित पार्टीको कार्यक्रमस्थलबाटै सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो ।
एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदल सदस्य छविलाल विश्वकर्माले बाह्रखरीसित भने, “सम्पत्ति शुद्धीकरण विभागको सुर्खेत प्रहरीको सहयोगमा पक्राउ परेको गरेको भन्ने सुनिएको छ । सुर्खेतबाट काठमाडौं ल्याइँदै छ भन्ने कुरा आयो ।”
सुर्खेत प्रहरी स्रोतका अनुसार पौडेललाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । उनलाई आजै काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी स्रोतले बतायो ।
उनलाई पक्राउ गर्नुअघि विभागले भैँसेपाटीस्थित पौडेलको घरमा छापा मारेको थियो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया