

बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण

बुटवलस्थित सैनामैना हेल्थ सेन्टरमा नक्कली औषधि भेटिएको विषय सार्वजनिक भएपछि नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधि व्यवसाय अत्यन्त संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रमा संलग्न सबै पक्षले उच्चतम सावधानी, नैतिकता र जिम्मेवारीका साथ सेवा प्रवाह गर्नुपर्ने जनाएको हो ।
विज्ञप्तिमा औषधि व्यवसाय सञ्चालन गर्दा प्रचलित कानुन, व्यावसायिक मूल्य-मान्यता तथा आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने उल्लेख गर्दै कानुनविपरीत कार्य गर्ने, गुणस्तरहीन वा शंकास्पद औषधिको कारोबार गर्ने, सेवाग्राहीलाई भ्रमित पार्ने तथा औषधि खरिद-बिक्री र वितरण प्रणालीलाई अव्यवस्थित बनाउने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारिएको छ । संघले यस्ता कार्यले आम नागरिकको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गर्नुका साथै सम्पूर्ण औषधि व्यवसायप्रतिको विश्वास कमजोर बनाउने भएकाले दोषी प्रमाणित हुने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही हुनुपर्ने धारणा राखेको छ ।
साथै, पछिल्लो समय देखापरेका अव्यवस्था, तहगत तथा कानुनविपरीत आपूर्ति प्रणाली र अभ्यासहरूले औषधि व्यवसायलाई नकारात्मक असर पारेको उल्लेख गर्दै गुणस्तरीय सेवा, पारदर्शिता र व्यावसायिक अनुशासन कायम गर्न सम्बन्धित निकायबाट निष्पक्ष तथा प्रभावकारी अनुसन्धानको माग गरिएको छ । महासचिव कृष्ण प्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्पूर्ण औषधि व्यवसायीलाई औषधि ऐन, नियमावली, व्यावसायिक आचारसंहिता र स्थापित मापदण्डको पूर्ण पालना गर्दै जिम्मेवार, जवाफदेही र मर्यादित ढंगले व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया