

५० हजार घुससहित गाउँपालिकाका इन्जिनियर पक्राउ




रोल्पा : पश्चिमी रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियरलाई ५० हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
सडक निर्माण योजनामा सेवाग्राहीसँग रकम मागेको अवस्थामा इन्जिनियर नवीन डाँगीलाई अख्तियारको बुटवल कार्यालय अन्तर्गत नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले शुक्रबार गाउँपालिका कार्यालय जिनाबाङबाटै पक्राउ गरिएको जनाएको छ ।
सेवाग्राहीबाट उक्त योजनाको नापी किताब, बिल तयार पारिदिएको सट्टामा घुस रकम मागेको आधारमा परेको उजुरी अनुसार अख्तियार टोलीले उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।
आयोगका तर्फबाट विज्ञप्ति सार्वजनिक गर्दै भण्डारीले ५० हजार घुस÷रिसवत लिइसकेको प्रमाणसहित घुस रकम पनि जफत गरिएको जनाएका छन् । उनलाई गाउँपालिकाको वडा नं २ स्थित स्वास्थ्य शाखाको कार्यालयबाट नियन्त्रणमा लिएर त्यसै दिन बुटवल पु¥याइएको छ । घटनाबारे थप अनुसन्धान गर्ने आयोगले जनाएको छ ।
स्रोतका अनुसार इन्जिनियर डाँगीमाथिको उजुरी परेपछि अख्तियारको टोली सिधै जिनाबाङ आएको थियो । टोलीले उनको निवासमा समेत खानतलासी गर्दा करिब ४ लाख रकम भेटिएको स्थानीयले जनाए ।
स्रोतका अनुसार स्थानीयले प्राविधिक शाखाका सबैलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न आग्रह गरे पनि अख्तियारको टोलीले चासो देखाएको थिएन । स्थानीय एक सेवाग्राहीका अनुसार त्यसै दिन इन्जिनियरसहित सबै कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको भए करिब ३५ लाख रकम फेला पर्ने सूचना दिइएको भए पनि कसैले वास्ता गरेको थिएन ।
पक्राउ परेका इन्जिनियरलाई अघिल्लो कार्य अवधिका जनप्रतिनिधिले अख्तियार दुरुपयोगको आरोप लगाउँदै घटुवा गरेर उनीभन्दा तल्लो दर्जाको कर्मचारीलाई विभागीय नेतृत्व दिइएको थियो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया