मुसिकोटको मेयरमा एमालेबाट खरेलको नाम सिफारिस

गुल्मी । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा नेकपा एमालेले जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ ।

बिहीवार वामीटक्सारमा बसेको नेकपा एमाले मुसिकोट नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा खरेललाई नगरप्रमुखको उम्मेदवार बनाउने सिफारिस गरेको नेकपा एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले बताए ।

खरेल नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मुसिकोट नगरपालिका इन्चार्ज समेत हुन् । उपप्रमुख पदमा भने कमला शर्मा, सीता भुसाल, गंगा श्रेष्ठको नाम सिफारिस गरेको छ ।

नगरपालिकामा अन्य पार्टीले भने उम्मेदवार छनोट गरेका छैनन् । मुसिकोट नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

प्रतिक्रिया

खबर सबै