

गुल्मीमा निषेधाज्ञा असार २२ सम्म थपियाे, सवारीसाधन चलाउन नपाईने




गोकर्ण पाण्डे /गुल्मी। जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि असार २२ गते राती १२ बजे सम्म लम्बाउने निर्णय भएको छ। समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रशासनले जनाएकाे छ।
यसपटकको लकडाउनलाई परिमार्जन समेत गरिएको छ। निषेधाज्ञा समय अबधि व्युटिपार्लर र सैलुन बहेकका सम्पूर्ण पसल बिहान ७ बजे देखि दिउँसो १ बजे सम्म खेल्न पाइने भएको छ।त्यस्तै जिल्ला भित्र निर्माण सामाग्री बाेक्ने जिप,टिपर,ट्याक्टर र पुस्तक तथा कृषि जन्य पदार्थ सुरक्षा सामधानी अपनाएर चल्न पाउने भएका छन्। बैक तथा सहकारी सस्था बिमा कम्पनी बिहान १० बजे देखि ३ बजे सम्म कार्यालय बाट मात्र सेवा दिने गरि सुरक्षा साबधानी अपनाएर खेल्न पाउने भएका छन्।
जिल्ला बाहिरबाट निर्माण,पुस्तक,कृषि जन्य पदार्थ तथा खाध्यान्न ढुवानी गर्दा सम्बन्धित जिल्लाका नियम प्रबन्ध मिलाएर सञ्चालन गर्ने। यस्तै अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुनेछन् । सार्वजनिक यातायात भने बन्द रहने छन्।निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ । यस अघि थप गरिएको निषेधाज्ञाकाे समय आज राति १२ बजे सकिदै छ। हाल गुल्मीमा काेराेना सकृय संक्रमितकाे संख्या ३१९ पुगेको छ।भने दोस्रो काेराेना लहर का कारण गुल्मीमा ९० जना ले ज्यान गुमाएका छन्।


खबर सबै
-
सरकारी अस्पतालमा पनि सातामा दुई दिन बिदा
-
१२ समितिका सभापतिले गरे सपथ ग्रहण
-
प्रधानमन्त्री बालेन शाहलाई वारेस राख्न अनुमति
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
विश्व शान्तिका लागि काठमाडौं-लुम्बिनी साइकल यात्रा
-
सांसद आचार्य टोलटोलमै राय, संकलन र विकास योजनामाथि छलफल
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै











प्रतिक्रिया