बस दुर्घटना हुँदा १९ जना घाइते

दाङ, पुस २०

दाङको तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । ति मध्ये तीन जनाको अवस्था गम्भीर भने बाकिँ सामान्य चोटपटक लागेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ना ६ ख १८१४ नम्बरको बस सोमबार ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भई दुर्घटनामा परेको बताएका छन्।

घाइते सबैको उद्धार गरिसकिएको उनले बताए। घाइतेहरूको हातखुट्टामा चोट छ । घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

खबर सबै