

मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित


कपिलवस्तु | कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर स्थित मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः शंकर प्रसाद न्यौपाने निर्वाचित भएका छन् । क्वलको शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा उदय क्षेत्री, सचिव सन्दिप थारु, सह सचिव आशिका घर्ती मगर र कोषाध्यक्षमा माधव पौडेल चयन भएका निर्वाचन मण्डलले जानकारी दिएको छ । यस्तै समितिको सदस्यहरुमा विजय पोख्रेल, गोबिन्द क्षेत्री, बसन्ता भुसाल, सुन्दर जि.सी, अञ्जली थारु र कुल बहादुर थापा मगर रहेका छन् ।
क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रम वड नम्बर ७ का वडा सदस्य हरिशंकर पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा फुलबारी सामुदायिक वनका अध्यक्ष शेषकान्त बेल्वासेको विशिष्ठ आतिथ्यता रहेको थियो ।
यस्तै समाजसेवी झगेश्वर अर्याल, धर्मराज भटराई, मोतिपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव विष्णु भटराई अर्याल, दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिबहादुर केसी, सल्लाहाकार नारायण बेल्बासे, अनिल राना, लगाएतको आतिथ्यता रहेको थियो ।
नव गठित समितिका पदाधिकारीहरुलाई निर्वाचन मण्डलका संयोजक झगेश्वर अर्यालले बधाइ तथा शुभकामना दिदैँ सफल कार्यकालका लागि नयाँ योजनाका साथ काम गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा क्लवका सदस्यहरु तथा स्थानीय सामाजिक युवाहरुको उपस्थिति रहेको थियो । मोतिपुर प्रगतिशिल युवा क्लवले विभिन्न समयमा स्थानीय युवाहरुको क्षमता विकास तथा सामुदायिक विकासका गतिविधिहरु प्रभावकारी तरिकाले संचालन गर्दै आएको छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया