

रास्वपा प्रवेश गरेका विजयनगरका उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त



कपिलवस्तुको विजयनगर गाउँपालिकाका २ जनप्रतिनिधि पद मुक्त भएका छन् । उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानको निर्वाचित पद रिक्त भएको छ । निर्वाचन आयोगले असोज २३ गते सूचना जारी गर्दै दुवै जनाको पद रिक्त भएको जनाएको हो ।
नेकपा (एमाले) बाट निर्वाचित चौधरी र मुसलमानले पार्टीको विधान विपरीत कार्य गरी दल त्याग गरेको भन्दै पार्टीको केन्द्रीय सचिवालयबाट निर्णयसहित जानकारी प्राप्त भएपछि आयोगले पद रिक्त हुने निर्णय गरेको सूचनामा उल्लेख छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्यागसम्बन्धी कानुनी प्रक्रिया पूरा भएपछि आयोगले उनीहरूको निर्वाचित पद रिक्त भएको जनाएको हो ।
चौधरी २०७९ सालको स्थानीय तह निर्वाचनमा विजयनगर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् भने मुसलमान वडा नम्बर ५ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनीहरू गत भदौ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए ।


खबर सबै
-
कपिलवस्तुसहित पश्चिम तराईमा वर्षा र हावाहुरीले धानबालीमा क्षति, किसान चिन्तित
-
रास्वपा प्रवेश गरेका विजयनगरका उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त
-
एनपीएलका लागि फेरिँदै त्रिवि क्रिकेट मैदानको मुहार
-
राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
-
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा रूपन्देहीबाट २५ वर्षीय युवक पक्राउ
-
राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
-
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा रूपन्देहीबाट २५ वर्षीय युवक पक्राउ
-
पोखरामा स्कुल बस दुर्घटना : ५ जनाको मृत्यु, १४ जना घाइते
-
‘ए म त परदेशी’मा पोखियो परदेशी नेपालीको दसैँ पीडा
-
विश्व वरियतामा नेपाल १६औँ स्थानमा







प्रतिक्रिया