कपिलवस्तमा राजस्व छलीका सामान बरामद

सशस्त्र प्रहरीले कपिलवस्तुका विभिन्न स्थानबाट १० लाख ७४ हजार २० रुपियाँ बराबरको सामान तथा ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तु तथा मातहतका इकाईबाट खटिएको टोलीले लत्ताकपडा, किराना सामान, मोबाइल तथा मोटर पाट्र्सलगायतका सामग्री बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार बरामद सामग्री तथा ढुवानीमा प्रयोग गरिएको एक थान मोटरसाइकलसमेत गरी १० लाख ७४ हजार २० रुपियाँ मूल्य कायम गरिएको छ ।

बरामद सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रणका लागि निगरानी बढाइएको बताउनुभयो ।

चाडपर्वमा हुने राजस्व छली तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न मातहतका इकाईलाई सक्रिय बनाइएको उहाँको भनाइ छ  । 

प्रतिक्रिया

खबर सबै