

कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण



भर्तापुर | सामुदायिक वनको संरक्षण, व्यवस्थापन तथा सञ्चालनका क्रममा देखिने कानुनी जटिलता न्यूनीकरण गर्न कपिलवस्तुको बाणगंगा नगरपालिका–९ स्थित कोइलीचौर साना किसान सामुदायिक वनले वनसम्बन्धी कानुनी विषयमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार बाणगंगा–९ भर्तापुरस्थित वन कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा बाणगंगा नगरपालिका–९ का १० वटा र अर्घाखाँचीको शीतगंगा नगरपालिकाका दुईवटा गरी १२ सामुदायिक वनका पदाधिकारीलाई वन ऐन, नियमावली तथा प्रचलित कानुनी व्यवस्थाबारे प्रशिक्षण दिइएको हो।
सामुदायिक वनका पदाधिकारीलाई वनसम्बन्धी कानुनी प्रावधानबारे जानकारी गराई कानुनसम्मत रूपमा वन व्यवस्थापन तथा गतिविधि सञ्चालन गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणि भुसालले बताए।
उनले सामुदायिक वन सञ्चालनका क्रममा कानुनी व्यवस्थाबारे पर्याप्त जानकारी नहुँदा विभिन्न समस्या उत्पन्न हुन सक्ने भएकाले पदाधिकारीलाई कानुनी रूपमा सचेत बनाउनु आवश्यक रहेको बताए। वनसम्बन्धी कानुनको ज्ञानले वनको दिगो संरक्षण र व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा अधिवक्ताहरू विष्णुप्रसाद भुसाल, केशवराज सापकोटा र युवराज गैरेले सहजीकरण गरेका थिए। उनीहरूले वन ऐन, नियमावली तथा वनसँग सम्बन्धित अन्य कानुनी व्यवस्थाबारे जानकारी गराउँदै कानुनको अध्ययन र पालना गरेर मात्रै सामुदायिक वनका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए।
वनसम्बन्धी कानुनी प्रावधानको बेवास्ता गर्दा पदाधिकारीहरू अनावश्यक कानुनी जटिलतामा पर्न सक्ने भएकाले निर्णय प्रक्रिया, वन व्यवस्थापन र कार्यान्वयनका हरेक चरणमा प्रचलित कानुनलाई आधार बनाउनुपर्ने उनीहरूको सुझाव थियो।
कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय कपिलवस्तुका वरिष्ठ डिभिजनल वन अधिकृत प्रभात सापकोटाले वनको संरक्षण र व्यवस्थापनमा सामुदायिक वन उपभोक्ता समूहको भूमिका महत्त्वपूर्ण हुने बताए। वनको दिगो संरक्षणसँगै समूहका गतिविधि कानुनअनुसार सञ्चालन गर्न सके वन व्यवस्थापन प्रभावकारी हुने उनको भनाइ थियो।
कार्यक्रममा बाणगंगा नगरपालिका–९ का वडाध्यक्ष कमल पौडेल, वैज्ञानिक वन राष्ट्रिय महासंघका केन्द्रीय सदस्य नारायण पौडेल, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष दीपक थापालगायतको आतिथ्यता रहेको थियो।
सामुदायिक वनका पदाधिकारी तथा उपभोक्तालाई वनसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउने र वन व्यवस्थापनमा देखिने व्यावहारिक समस्या समाधानका लागि सहयोग पु¥याउने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको आयोजकले जनाएको छ।
कोइलीचौर साना किसान सामुदायिक वनका कोषसचिव सुष्मा थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा सबडिभिजन वन कार्यालयका अधिकृत चन्द्र भाट क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा कोइलीचौर सामुदायिक वनका पदाधिकारीसहित छिमेकी सामुदायिक वनका प्रतिनिधि तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।


खबर सबै
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण
-
रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ
-
कपिलवस्तुसहित पश्चिम तराईमा वर्षा र हावाहुरीले धानबालीमा क्षति, किसान चिन्तित
-
रास्वपा प्रवेश गरेका विजयनगरका उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त
-
एनपीएलका लागि फेरिँदै त्रिवि क्रिकेट मैदानको मुहार
-
कपिलवस्तुसहित पश्चिम तराईमा वर्षा र हावाहुरीले धानबालीमा क्षति, किसान चिन्तित
-
रास्वपा प्रवेश गरेका विजयनगरका उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त
-
एनपीएलका लागि फेरिँदै त्रिवि क्रिकेट मैदानको मुहार
-
राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश
-
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
१४ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा रूपन्देहीबाट २५ वर्षीय युवक पक्राउ







प्रतिक्रिया