

करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू





पूर्व–पश्चिम राजमार्गअन्तर्गत करिब ४० किलोमिटर लामो धानखोला–लमही सडक खण्डको स्तरोन्नति काम बुधबारदेखि सुरू भएको छ। भालुबाङमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक समारोहका बीच सडक स्तरोन्नतिको कामको शिलान्यास गरेका हुन्।
शिलान्यासपछि सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोगबाट निर्माण हुने सडक तोकिएको मापदण्ड अनुसार गुणस्तरीय निर्माण गर्न निर्माण पक्षलाई आग्रह गरे।
साथै आचार्यले प्रदेश सरकारका तर्फबाट एमसिए–नेपालका पदाधिकारीलाई लुम्बिनीको राजधानी भएको क्षेत्र भएको हुँदा कालोपत्रे सडक खण्डमा भन्दा बाहिर भालुवाङदेखि लमहीसम्म १२ ठाउँमा बस बिसौनी निर्माण गर्न सुझाव दिइएको बताए।
त्यस्तै, उनले प्रदेश राजधानी प्रवेश गर्ने क्षेत्र लगायत अन्य केही क्षेत्रमा ओभर ब्रिज बनाउनेबारे र राजधानी क्षेत्रमा सडकको दायाँ बायाँ सडक पेटी निर्माण गर्नका लागि आग्रह गरिएको बताए।
सडक आयोजना स्वीकृत भइसकेको हुँदा भविष्यमा आफूहरूको चाहना चार लेन सडक निर्माण भएको पनि बताएका थिए।
मुख्यमन्त्री आचार्यले सडक मात्रै नभई अमेरिकाको सहयोग र सह-लगानीमा पाल्पाको रामग्राम हुँदै भारत जोड्ने विद्युत प्रसारण लाइन पनि निर्माण हुने भएकोले लुम्बिनीबासी भाग्यमानी हुनुका साथै त्यसलाई ठूलो उपलब्धि तथा गौरबको कुरा मान्न सकिने बताए। सडक र विद्युत विस्तारका आयोजना पूरा गर्नका लागि प्रदेश सरकार हरेक खालका सहयोगका लागि जहिलै तयार रहने उनले विश्वास दिलाए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यबाहक राजदूत स्कट अर्बमले नेपाल–अमेरिका बीचको ७९ वर्षदेखि कायम साझेदारीको एउटा महत्वपूर्ण उदाहरणका रूपमा धानखोला–लमही सडक खण्डको आयोजनालाई लिनुपर्ने बताए।
नेपालको नयाँ सरकरको यो सडक परियोजना जस्तै उच्चस्तरीय पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्ने लगायतका महत्वकांक्षी सुधारात्मक एजेण्डाको अमेरिकाले स्वागत गर्ने अर्बमले बताए।
उनले धानखोला–लमही सडक परियोजनालाई शिलान्याससम्म ल्याई पुर्याउन मेहनत गर्ने सबैलाई अमेरिकी सरकारको तर्फबाट धन्यवाद दिए।
धानखोला–लमही सडक खण्ड नयाँ प्रविधिबाट निर्माण हुने हुँदा त्यसले नेपालको आधुनिकीरण र उत्थानशील पूर्वाधार लक्ष्यहरूमा नवीन एवं प्रमाणित विधि स्थापित हुने बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशिलबाबु ढकालले एमसिए–नेपालको लगानी र सरकारका योजना तथा कार्यक्रमको पूरकका रूपमा रहेको बताए। यो सहकार्यले पूर्वाधार विकास र आर्थिक अवसर विस्तारमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे।
एमसिसीका राष्ट्रिय आवासीय उपनिर्देशक सञ्जय पौड्यालले दीर्घकालीन कार्यसम्पादन सुनिश्चित गर्ने प्रविधिमार्फत लागत प्रभावकारी पूर्वाधार निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धानखोला–लमही ४० किलोमिटर सडक खण्ड स्तरोन्नतिका लागि सन् २०२४ अक्टोबर ३० मा बोलपत्र आह्वान गरिएको थियो। निर्माणको जिम्मा शर्मा कन्स्ट्रक्सन र कुमार निर्माण सेवा प्रालिको संयुक्त उपक्रम शर्मा–कुमार जेभीले पाएको छ।
गत पुस ७ गते एमसीए–नेपाल र निर्माण कम्पनीबीच सम्झौता भएको थियो। सम्झौताअनुसार आयोजनाको निर्माण कार्य २४ महिनाभित्र सक्नु पर्नेछ। निर्माण कम्पनीले भ्याटबाहेक दुई करोड बढी अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ बढी ) मा काम सरकारेको छ।
स्तरोन्नति गरिने सडकमा गाडी गुड्ने भाग ७ मिटर चौडा र दुवैतर्फ २.५–२.५ मिटर कालोपत्रे सोल्डर रहने गरी कुल १२ मिटर चौडाइ कायम गरिने छ।
सडक खण्डमा प्रयोग हुने फूल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि अन्तर्गत सडकमा प्रयोग भएका अधिकांश पुराना निर्माण सामग्री प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने छ।
जसमा बालुवा, गिट्टी लगायत सामग्रीलाई पुनः प्रयोग गर्दा लागत घट्नुका साथै वातावरणीय प्रभावको असर पनि न्यून हुन्छ। यो प्रविधिबाट निर्माण गरिने सडक थप बलियो, टिकाउ र जलवायुमैत्री हुने विश्वास दिलाइएको छ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया