

विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा साविक विजेता अर्जेन्टिनाले अल्जेरियामाथि ३-० को सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। क्यान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई स्पष्ट तीन अंक दिलाउन कप्तान लियोनेल मेस्सीले जादुमयी प्रदर्शन गर्दै आफ्नो अन्तर्राष्ट्रिय करियरको २००औँ खेलमा सानदार ह्याट्रिक पूरा गरे।
यस ऐतिहासिक प्रदर्शनसँगै मेस्सीले विश्वकप इतिहासमा जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानसँग समेत बराबरी गरेका छन्। खेलको सुरुवाती मिनेटदेखि नै आक्रामक बनेको अर्जेन्टिनाका लागि १७औँ मिनेटमा मेस्सीले डि-बक्स बाहिरबाट उत्कृष्ट डिफेन्डरहरूलाई छक्याउँदै प्रहार गरेको बलले सिधै जाली चुमेपछि टोलीले १-० को अग्रता लिएको थियो। पहिलो हाफमा अल्जेरियाली टोलीले रक्षात्मक रूपमा कडा चुनौती दिए पनि दोस्रो हाफमा अर्जेन्टिना पूर्ण रूपमा हाबी भयो। खेलको ६०औँ मिनेटमा मिडफिल्डर अलेक्सिस म्याक एलिस्टरको प्रहारलाई अल्जेरियाली गोलकिपर लुका जिदानले नियन्त्रणमा लिन नसक्दा रिबाउन्ड बललाई मेस्सीले सहजै गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए।
खेलको ७६औँ मिनेटमा मेस्सीले डि-बक्सको किनाराबाट उत्कृष्ट र ट्रेडमार्क कर्लिङ प्रहारमार्फत व्यक्तिगत तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र अर्जेन्टिनाको ३–० को जित सुनिश्चित गरे।
अल्जेरियाका फारेस चैबी र अनिस हाज मुसाले केही राम्रा अवसरहरू सिर्जना गरे पनि अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै विपक्षीलाई गोलरहित रोके।खेलको ७८औँ मिनेटमा मेस्सी मैदानबाट बाहिरिँदा रंगशालामा उपस्थित हजारौँ समर्थकहरूले उठेर उनको भव्य स्वागत गरेका थिए। साविक विजेता अर्जेन्टिनाको यो आक्रामक सुरुवातले यस पटक पनि टोली उपाधि दाबेदार रहेको बलियो सन्देश दिएको छ।


खबर सबै
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
-
जंगलमा लुकाइ छिपाइ राखेको अवस्थामा १६ नाल भरुवा बन्दुक बरामद
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा
-
स्थायी राजधानी व्यवस्थापनमा जोड
-
विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी
-
सातै प्रदेशले ल्याए बजेट, कसको कति ?
-
सुपा देउरालीको झोलुङ्गे पुलबाट हाम फालेर बाणगंगाकी एक युवतीको मृत्यु
-
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक, चालु आवको भन्दा करिब डेढ अर्ब कमी









प्रतिक्रिया