

भोली बन्द हुँदैन, निर्वाध रुपमा चल्छ ढुक्क हुनुहोस : जिल्ला प्रशासन कार्यालय रुपन्देही



फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने भन्दै भोली मँगलबारका लागि आह्वान गरिएको बन्दको हल्लाले रुपन्देहीका शैक्षिक संस्था तथा यातायात व्यवसायी त्रसित भएका छन् । कतिपय विद्यालयहरुले नेपाल बन्दका कारण भोली विद्यालय सञ्चालन नहुने भन्दै अभिभावकलाई जानकारी गराउन थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने भोलि मँगलबार नियमितकै जसरी निर्वाधरुपमा सञ्चालन हुने बताएका छन् । आवश्यक सुरक्षा व्यवस्थाका लागि सरकार तयार रहेको बताउँदै उनले बजार, पसल, विद्यालय तथा कलकारखाना निर्वाध रुपमा सञ्चालन गर्न र नेपाल बन्दको भ्रममा नपर्न आग्र गरेका छन् । ग्लोबल आवाजसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जनतालाई भयभित नभई निर्वाध रुपमा आफ्नो काममा लाग्नका लागि आह्वान गरे ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) नाममा माघ २५ गते जारी गरिएको विज्ञप्ती सोमबार दिउँसोदेखि एकाएक चर्चामा आएसँगै सर्वसाधरण अन्यौलमा परेका हुन् । उक्त विज्ञप्तिमा फागुन ५ गते प्रतिनिधिसभाको निर्वाचनलाई बहिस्कार गर्ने भन्दै बन्द आह्वान गरिएको छ ।
सोमबार चर्चामा आएको विज्ञप्ती :



खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया