

एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य पौडेलले गरे पार्टी परित्याग



बुटवल । नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेल ले पार्टी परित्याग गरेका छन्। रुपन्देही क्षेत्र नं. २ अन्तर्गत तिलोत्तमा नगरपालिका–३ का बासिन्दा पौडेलले पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाउँदै एमालेबाट अलग भएको घोषणा गरेका हुन्।
जिल्ला अध्यक्ष यज्ञ गैरे लाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा पौडेलले एमालेभित्र पछिल्लो समय अधिनायकवाद, नातावाद, गुटगत मानसिकता, खोक्रो राष्ट्रवाद र भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाएका छन्। गाली–बेइज्जतीको संस्कृति र मोलाहिजाको राजनीतिसँग आफू सहमत हुन नसकेकाले पार्टी छाड्न बाध्य भएको उनको भनाइ छ।
पार्टी परित्यागपछि आफू स्वतन्त्र राजनीतिक भूमिकामा रहने पौडेलले बताएका छन्। उनी एमाले नेता लिला गिरी मुख्यमन्त्री हुँदा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए। साथै, एमाले सरकारकै पालामा उनी कानुन आयोगको सदस्य समेत थिए।
पौडेलको राजनीतिक यात्रा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष बाट सुरु भएको थियो। उनी तीन कार्यकाल एमाले रुपन्देहीको सचिवालय सदस्य, इलाका र क्षेत्रीय कमिटी सदस्यसमेत रहिसकेका छन्।
राजीनामापत्रमा उनले आफूलाई सरकारी जिम्मेवारी दिन सहयोग गरेको भन्दै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र तत्कालीन मुख्यमन्त्री लिला गिरीप्रति आभार व्यक्त गरेका छन्।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया