बाघको आक्रमणबाट १ जनाको मृत्यु

दाङ । बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ सौँरीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मरिचमान भण्डारीको मृत्यु भएको स्थानीय देवेन्द्र बस्नेतले जानकारी दिए ।

जङ्गलमा गाई चराउन गएका भण्डारीलाई बाघले आक्रमण गरेको हो । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने मध्यवर्ती बस्तीहरुमा पछिल्लो समय बाघको जगजगी बढेको छ ।

प्रतिक्रिया

खबर सबै