

एकादशीका दिन बाणगंगा वेलफेयर सोसाइटीको सांस्कृतिक कार्यक्रम आयोजना तयारी



कपिलवस्तु, | कपिलवस्तुको बाणगंगा वेलफेयर सोसाइटीले यस वर्ष पनि एकादशीको अवसर पारेर देउसी–भैलो तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। सोसाइटीले जिल्लाको वडा नं ४ मा आगामी देउसी–भैलो पर्वका अवसरमा परम्परागत शैलीमा कार्यक्रम गर्ने तयारी गरेको छ।
सोसाइटीका अध्यक्ष राजकुमार खाँणका अनुसार, “सदाका वर्षझैँ यसपालि पनि नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका उद्देश्यले देउसी–भैलो कार्यक्रम आयोजना गर्न लागिएको हो।” यस अवसरमा चर्चित लोक दोहोरी गाईका शान्ति रानी परियारआउने बताईएको छ ।
उनका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्य, लोकगीत र देउसी–भैलो प्रस्तुति गर्नेछन्। साथै, सोसाइटीले समुदायमा एकता र सामाजिक सहकार्यलाई सुदृढ गर्ने लक्ष्य लिएको छ।
बाणगंगा वेलफेयर सोसाइटीले विगतदेखि नै नेपाली कला, संस्कृति र विभिन्न राष्ट्रिय दिवसहरूको जगेर्ना गर्दै आएको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालन हुने यस वर्षको देउसी–भैलो कार्यक्रमले पनि समाजमा सांस्कृतिक चेतना र सामुदायिक एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया