

भारतमा गुडिरहेको बसमा आगलागी, कम्तीमा १० जनाको मृत्यु



भारतमा गुडिरहेको एक यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । केही यात्री गम्भीर घाइते छन् ।
शुक्रबार बिहान कुर्नूल जिल्लाको चिन्ना टेकुरु गाउँनजिकै उक्त दुर्घटना भएको हो । त्यसक्रममा बस पूर्ण रूपमा जलेको थियो । आगलागी भएको बस हैदराबादबाट बेंगलुरुतर्फ जाँदै थियो ।
दुर्घटनाको समयमा बसमा लगभग ४२ यात्रु सवार थिए । घाइतेमध्ये केही यात्रुको अवस्था गम्भीर छ ।
मोटरसाइकल बससँग ठोक्किएको, त्यसको मुनि परेको र त्यसपछि इन्धन ट्यांकीमा ठोक्किएकाले आगो लागेको हुन सक्ने प्रारम्भिक अनुमान छ । तर, स्थानीय प्रशासनले आधिकारिक रूपमा कारण पुष्टि गरिसकेको छैन ।
“दुर्घटनामा दुई बालबालिका र दुई चालकसहित करिब १९ यात्रु सुरक्षित छन्,” कुर्नूल रेन्जका डीआईजी कोया प्रवीणले पीटीआईसँग भने ।
प्रहरीका अनुसार, ‘सर्ट सर्किट’ भएर बसको ढोका जाम भयो र केही मिनेटमै गाडी पूर्ण रूपमा जल्यो । जीवित अधिकांश यात्रु २५ देखि ३५ वर्ष उमेरका छन् । बीबीसी हिन्दीबाट ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया