

दीपावलीको आतिशबाजीपछि भारतको नयाँदिल्ली धुवाँले ढाकियो


दीपावलीको अवसरमा नागरिकले गरेको आतिशबाजीपछि भारतको राजधानी शहर नयाँदिल्ली धुवाँले ढाकिएको छ । दीपावलीको उत्सवले दिल्लीको वायु प्रदूषणलाई खतरनाक स्तरसम्म पुर्याएको छ ।
पटाका पड्काएपछि हावामा धुवाँ र सूक्ष्म कणहरूको मात्रा बढेकाले प्रदूषण र स्थिर मौसमको अवस्थासँग मिसिएर वातावरणलाई झन् विषाक्त बनाएको त्यहाँको मौसमसम्बन्धी निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँदिल्लीका धेरैजसो क्षेत्रमा वायु गुणस्तर सूचकाङ्क (एकयूआई) तीन सय ५० नाघेको अवस्था थियो । जुन विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार ‘गम्भीर’ स्तर हो र सास फेर्न नै खतरनाक मानिन्छ ।
भारतको सर्वोच्च अदालतले गएको हप्ता कम प्रदूषण उत्सर्जन गर्ने ‘हरित पटाका’ को सीमित प्रयोगलाई अनुमति दिँदै दीपावलीका बेला पटाकामाथिको पूर्ण प्रतिबन्ध केही हदसम्म फुकुवा गरेको थियो । पर्यावरणविद्हरूले प्रदूषणबाट उत्पन्न सङ्कट अन्त्य गर्नका लागि स्वच्छ ऊर्जाको प्रवर्द्धन, सार्वजनिक यातायातमा सुधारलगायतका दीर्घकालीन समाधान अनिवार्य रहेको बताउँदै आएका छन् ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया