

फिल्म ‘बलिदान’ को टीजरले युट्युबमा धमाका



नेपाली फिल्म उद्योगमै प्रतीक्षित फिल्म ‘बलिदान’ को टीजरले युट्युबमा धमाका मच्चाएको छ । टीजर सार्वजनिक भएको २४ घण्टाभित्र नै यसले एक मिलियनभन्दा बढी भ्युज हासिल गरेको छ ।
योसँगै नेपाली फिल्म इतिहासमा छोटो समयमा यति ठूलो डिजिटल प्रतिक्रिया पाएको थोरै टीजरमध्ये ‘बलिदान’ पनि एक बनेको छ । सामान्यतया फिल्मका अन्य सामग्रीहरू ( गीत, ट्रेलर र भन्दा टिजरको डिजिटल उपस्थिति कम हुने हुँदा ‘बलिदान’ को टीजरले प्राप्त गरेको भ्युजलाई उत्तम मानिन्छ ।
फिल्मका प्रमुख कलाकार समीर भट्टको स्टारडम र निर्देशक सन्तोष सेनको सिनेमाटिक प्रस्तुति यस उपलब्धिको प्रमुख आधार मानिएको छ । देशभक्ति, विद्रोह र क्रोध मिसिएको संवादसहितको टिजरले दर्शकलाई सशक्त महसुस गराएको छ ।
टीजरमा समीर भट्टलाई ‘एक्सन किङ’ को परिचय दिइँदै देखाइएको छ । उनको दमदार संवाद— ‘यो आमा न लाचार छ, न त यो आमाको कोख नै खाली छ । यो आमाले छोरा मात्र होइन, योद्धा पनि जन्माएको छ’ सामाजिक सञ्जालमा ट्रेन्डिङ बन्न पुगेको छ । यो संवादले नेपाली युवापुस्तामा ऊर्जा र गर्व जगाएको टिप्पणीहरू व्यापक रूपमा आएका छन् ।
सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा तथा हेमन्त बुढाथोकीलगायतका कलाकारले प्रस्तुत गरेको अभिनयले पनि टिजरलाई थप बल पुऱ्याएको छ ।
यसअघि समीर भट्टको जन्मदिनमा सार्वजनिक प्रि–टीजर नै नेपालसहित विदेशी मुलुकमा युट्युब ट्रेन्डिङमा आएको थियो । अहिलेको टीजरले त्यो अपेक्षालाई अझै माथि पुर्याउँदै ‘बलिदान’ को प्रतीक्षा चरम उत्कर्षमा पुगेको सङ्केत गरेको छ ।
यो फिल्म आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको हो । निर्माता पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता प्रेम पुरी रहेको यस फिल्मलाई बडादशैको फूलपातीको दिन प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।
हेर्नुहोस ‘बलिदान’ को टीजर
BALIDAN – Movie Official Teaser 2025 || Samir Bhatta, Saugat Malla, Reecha Sharma, Arpan Thapa


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया