

बलिउड फिल्म ‘सैयारा’को नेपाल कलेक्सन ९ करोड नाघ्यो



बलिउड फिल्म ‘सैयारा’को नेपाल कलेक्सन ९ करोड रुपैयाँ ग्रस नाघेको छ । फिल्मले आइतबार बेलुकासम्म ‘सिनेपाः बक्सअफिस’मा उक्त कमाइ गरेको हो ।
योसँगै ‘सैयारा’ सन् २०२५ मा अहिलेसम्म सर्वाधिक कमाइ गर्ने विदेशी फिल्म बनेको छ । नयाँ रिलिज भएका अन्य फिल्मले पनि ‘सैयारा’को कमाइको गतिलाई प्रभावित पारेको देखिँदैन ।
यही गति कायम रहे, आगामी सप्ताहन्तको आसपासमा फिल्मले १० करोड ग्रसको आँकडा पार गर्न सक्ने देखिन्छ । ‘सैयारा’बाहेक भारतीय एनिमेटेड फिल्म ‘महावतार नरसिंहा’ले पनि पछिल्लो सप्ताहन्तमा उत्कृष्ट कमाइ गरेको देखिएको छ ।
‘आशिकी’जस्ता रुचाइएका फिल्म निर्देशन गरेका मोहित सुरीको यो पछिल्लो ब्लकबस्टर निर्देशकीय फिल्म हो । सशक्त संगीत र नयाँ फ्रेस कलाकारको सहभागिताले फिल्मलाई अझै रुचिकर बनाएको छ ।
फिल्म हिट भएसँगै अहान पाण्डे र अनित पड्डा एकाएक स्टार बनेका छन् ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया