

‘ब्राइट लुम्बिनी कपिलवस्तु’को गीत छायाङ्कन सकियो, भिडियो चाँडै सार्वजनिक गर्ने तयारी



छायाङ्कन सकियो, भिडियो असिम क्षेत्री युट्युब च्यानलबाट सार्वजनिक हुँदै
पुर्णचन्द्र परियार, जितपुर, कपिलवस्तु | कपिलवस्तु जिल्लाबाट एक दशक अघिदेखि निजी शैक्षिक संस्थाको रुपमा संचालित लुम्बिनी लर्निङ सेन्टरले आफ्नै शैक्षिक संस्थाको विशेषता झल्किने गीतको छायाङ्कन सकाएर छिट्टै गीतको भिडियो सार्वजनिक गर्ने अन्तिम तयारी थालेको छ । ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा.लिको रुपमा लुम्बिनी प्रदेशमा कहलीएको प्रमुख शैक्षिक संस्थाको रुपमा ब्राइट लुम्बिनी हाल स्थापित भइसकेको छ । केही साता अघि संस्थाको बाह्रौँ वार्षिकोत्सवको अवसरमा संस्थाको गीतको अडियो विमोचन गरिएको थियो । हाल सोही गीतको भिडियो छायाङ्कन सकिएको हो ।
स्थापना कालदेखि नै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल कपिलवस्तु जिल्लाकै प्रतिशिष्ठत शैक्षिक संस्था ब्राइट लुम्बिनी ईन्टरनेशनल एजुकेशनको बारेमा बनेको गीतको सुटिङ हालै मात्रै सकिएको र अब छिट्टै गीत पनि भिडियोसहित सार्वजनिक हुने संस्थाका प्रबन्धक असिम कडेंल क्षेत्रीले जानकारी दिएका छन ।
अबको केहि दिनमा असिम क्षेत्री युटुब च्यानलबाट भिडियो सार्वजनिक हुने उनले बताए । लोक तथा दोहोरी गायक बिक्रम परिायार र लोकदोहोरी गायीका शान्तारानी परियारको स्वरमा सजिएको उक्त गीत डायनामिक स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा नबिन परियारको शब्द, बिक्रम परियारको संगित र सुनिल परियारको संगित संयोजन रहेको छ ।
गीतको भिडियो छायाङ्कन अबिरल फिलिम्स प्रा.लि ले गरेको हो भने भिडियोको कोरियोग्राफी सुमन पौडेलले गरेका छने भने निर्देशन बिष्णु भट्टराईले गरेका छन । भिडियोमा ब्राइट लुम्बिनी इन्टरनेश्नल प्रा.लिका प्रबन्धक असिम क्षेत्री र मोडल पार्बती श्रेष्ठको मुख्य अभिनय तथा नृत्य देख्न पाइने छ । उक्त भिडियो कपिलवस्तुको बाणगंगा नगरपालिका भित्रको प्रमुख पर्यटकीय क्षेत्र राजापानी, चार नम्बर जितपुर स्थित जितपुर मन्टेश्वरी परिसर र ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा.लिको कार्यालय क्षेत्रमा सुटिङ्ग गरिएको प्रबन्धक क्षेत्रीले जानकारी दिएका छन ।
भिडियो तथा गीतमा विशेष गरी विद्यालय शिक्षा पछि विद्यार्थीहरु अन्तराष्ट्रिय भाषा अध्ययन र वैदेशिक शैक्षिक अध्ययनका शिलशिलामा जापान तथा कोरिया लगाएतका देशमा जाने सन्दर्भलाई मुख्यतया जोड दिइएको जनाइएको छ । आफ्नो सुरक्षित भविष्यको परिकल्पनाका लागि ब्राइट लुम्बिनी कपिलवस्तुमा त्यस्ता भाषा कक्षा एक दशक बढी समय देखि उत्कृष्ट तवरबाट संचालन गरिरहेको विषयलाई भिडियोको मुख्य विषय बनाइएको छ । करिब ७ मिनेटको उक्त गीत अबको केहि दिनमै युट्युबमा आउने उनले बताएका छन् ।
ब्राइट लुम्बिनी इन्टरनेश्नल एजुकेशन प्रा.लिले विगत १२ वर्ष देखि कपिलवस्तुको बाणगंगामा मुख्य कार्यालय संचालन गरी हरेक वर्ष उत्कृष्ट नतिजा निकाल्दै वैदेशिक रोजगारी तथा अध्ययनका लागि जानेहरुलाई जापान र दक्षिण कोरिया पठाउदै आएको छ भने धेरैपटकका परीक्षामा शतप्रतिशत नतिजा समेत हात पारिरहेको छ । पछिल्लो समय यस क्षेत्रमा जापान र कोरियाका लागि भाषा अध्ययन गर्ने विद्यार्थीहरुको मुख्य रोजाइ समेत बनेको यो संस्थामा हाल सयौँ विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया