



म्यानमारमा गुम्बा लक्षित हवाई आक्रमण : २२ जना सर्वसाधारणको ज्यान गयो


म्यानमारको सागाइङ क्षेत्रको लीन ता लु गाउँमा रहेको एक बौद्ध गुम्बामा भएको हवाई आक्रमणमा कम्तीमा २२ जना सर्वसाधारणको ज्यान गएको छ । जसमा तीन बालबालिका पनि रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
सशस्त्र द्वन्द्वका कारण घरबार गुमाएका सर्वसाधारणले गुम्बालाई सुरक्षित आश्रयस्थल ठानी बसोबास गरिरहेका थिए । तर गुम्बाको मुख्य हलमा हवाई आक्रमण भएको हो । गुम्बा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
सरकारी प्रवक्ता जाव मिन टुनले घटनाबारे कुनै प्रतिक्रिया दिनुभएको छैन । यो घटनाले म्यानमारमा नागरिक अझै पनि हिंसा र असुरक्षाको चपेटामा रहेका छन् भन्ने कुरा फेरि पुष्टि गरेको खबरमा उल्लेख छ ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया