

जबरजस्ती करणी अभियोगका फरार आरोपित डेढ वर्षपछि पक्राउ


पाल्पा प्रहरीले जबरजस्ती करणीको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।
तानसेन नगरपालिका वडा नम्बर १० क्षेत्रीटोल बस्ने ६२ वर्षीय तारा बहादुर कार्की एक युवतीलाई जबरजस्ती करणी गरी फरार भएको डेढ बर्षपछि पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार तारा बहादुरमाथि २०८० पुस २० गते पाल्पाकी २३ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा उजुरी दर्ता भएको थियो।
पीडित युवतीको आमाले २०८० पुस २२ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दिएपछि तारा बहादुर फरार थिए। तारा बहादुरलाई खोजी गरिरहेको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो।
आइतबार तानसेन नगरपालिका वडा नम्बर ४ लहरेपिपलबाट नियन्त्रणमा लिई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान सुरू गरिएको मल्लले जानकारी दिए।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया