

खुकुरी प्रहार गरी महिलाको हत्या, पक्राउ परे श्रीमान !


श्रीमतीको हत्या गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गएराति ३० वर्षीया देविका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनका श्रीमान ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकी पक्राउ परेका हुन्।
जिल्लाको चौरजहारी नगरपालिका–३ टाटागाउँका चन्द्रले राति घरमै श्रीमतिको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी प्रमेश विष्टले बताए।
स्थानीयले घटनाबारे जानकारी दिएपछि राति नै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा खटिएको टोलीले चन्द्रलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद भएको जानकारी दिएको छ । डिएसपी बिष्टकका अनुसार आपसी विवादपछि श्रीमानले श्रीमती माथि खुकुरी प्रहार गरेको कुरा प्रारम्भिक अनुसन्धान बाट खुलेको जानकारी दिए ।
श्रीमान – श्रीमतीका बीचमा यसअघि पनि पटक / पटक झगडा हुने गरेको कुरा खुल्न आएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएको छ
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया