

लागुऔषधसहित एक महिला र दुई पुरुष पक्राउ



रोल्पाकी एक महिला र हुम्लाका दुई युवक लागुऔषधसहित कैलालीमा पक्राउ परेका छन्। रोल्पाको सुनछहारी गाउँपालिका–७ की ३२ वर्षीया पूर्णिमा पुन मगर र हुम्ला सुर्केगाड गाउँपालिका –५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही र २७ वर्षीय सालु शाही कैलालीमा लागुऔषधसहित पक्राउ परेका हुन्।
कैलाली प्रहरीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार उनीहरूको साथबाट २ किलो ७१४ ग्राम लागुऔषध अफिम बरामद भएको छ।
लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले घोडाघोडी नगरपालिका–१ सुखडबाट उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको थियो।
डिएसपी सिंहका अनुसार रोल्पाकी मगर सुखडमा बस्दै आएकी थिइन्।
प्रारम्भिक अनुसन्धानबाट उनले रोल्पाबाट मगाएको अफिम खरिद गर्न शाहीद्वय पुगेका थिए।
उनीहरूले मगरबाट अफिम खरिद गरी छिमेकी देश भारतमा पठाउने उद्देश्य रहेको भन्ने कुरा खुलेको छ।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया