

इजरायली आक्रमणका कारण इरानमा ६०६ जनाको मृत्यु





इरानका स्वास्थ्य मन्त्रीले १३ जुनदेखि १२ दिनसम्म चलेको इजरायली आक्रमणमा ६०६ जनाको मृत्यु भएको बताएका छन् ।
इरानी स्वास्थ्य मन्त्री मोहम्मद रजा जफरगनीका अनुसार, इजरायली आक्रमणहरूमा पाँच हजारभन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको उपचार चलिरहेको बीबीसीले जनाएको छ ।
तर, द्वन्द्वको निगरानी गर्ने मानव अधिकार समूह, ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान’ले मृत्यु हुनेहरूको संख्या आधिकारिक तथ्यांकभन्दा लगभग दोब्बर रहेको बताएको छ । यो संस्थाले अहिले सम्म ९७४ जनाको मृत्यु भएको जनाएको छ ।
इरानी स्वास्थ्य मन्त्रीले इरानमा पछिल्लो २४ घण्टामा सबैभन्दा भीषण आक्रमणहरू भएका र त्यसमा १०७ जनाको मृत्यु भएको बताए ।
इरानी अधिकारीहरू र सरकारी टेलिभिजनले बताएअनुसार ११ दिनको द्वन्द्व समाप्त गर्ने युद्धविराम लागु हुनुभन्दा केही घण्टाअघि उत्तरी इरानमा भएको रातभरको इजरायली आक्रमणमा एक वरिष्ठ आणविक वैज्ञानिकसहित नौ जनाको मृत्यु भएको थियो ।
सरकारी टेलिभिजनले बताए अनुसार वैज्ञानिक मोहम्मद रजा सेद्दिकी साबेरको गिलान प्रान्तको अस्ताने–ये असरफियेहमा रहेको आफ्ना आमाबुवाको घरमा हत्या भएको हो ।
गिलानका उप–गभर्नरले एक आवासीय भवनमा भएको विस्फोटले चारवटा अपार्टमेन्टहरू नष्ट भएको बताए ।
इजरायलतर्फ भने अहिले सम्म २८ जनाको मृत्यु भएको बताइएको छ । बीबीसी


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया