



गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना : चालक दलसहित २४२ यात्रुमा नेपाली नभेटिएको दाबी


२९ जेठ काठमाडौं। भारतको गुजरातको अहमदाबाद विमानस्थलनजिकै दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । भारतीय समयअनुसार दिउँसो १३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो। जसमा १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक सवार रहेको जनाइएको छ। लण्डन जाँदै गरेको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको खुलेको छ
विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो । दूतावासका त्यस क्रममा भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् । भारतीय अधिकारीहरुले विमानमा सवारहरुको सूची समेत पठाएको दूतावासले जनाएको छ । अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जाने क्रममा दुर्घटनामा परेको थियो ।
पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टि भारतीय सञ्चारमाध्यमले गरेका छन्। एयर इन्डियाले पनि विज्ञप्ती जारी गरेर दुर्घटनाको प्रारम्भिक जानकारी दिए पनि हताहतिबारे भने पुष्टि गरेको छैन । घटनालगत्तै दुर्घटनास्थल आसपासको क्षेत्र खरानीले ढाकिएको छ। जहाजको उचाइ घट्दै गएपछि वरपरका प्रत्यक्षदर्शीले भिडिओ खिचेका थिए । उक्त भिडिओका आधारमा जहाजले उचाइ लिन नसकेको र खसेर विमानस्थल नजिकको घरमाथि खसेको देखिन्छ ।
त्यो घर डाक्टरहरूको आवासीय भवन भएको भारतीय मिडियाहरूले जनाएका छन्। घरमाथि जोतिनेतबित्तिकै ठूलो विस्फोटको आवाजसहित आगोलागी भएको थियो । आगो लागेको र धुवाँको मुस्लो निस्किएको भिडिओ पनि प्रत्यक्षदर्शीहरूले कैद गरेका छन्। अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको ‘बी७८७-ड्रिमलाइनर’ जहाज हो। यसको दर्ता नम्बर ‘भीटी-एएनबी’ हो। यो जहाजले सन् २०१३ डिसेम्बर १४ मा पहिलो सफल परीक्षण उडान गरेको थियो । त्यसपछि २०१४ जनवरीमा बोइङले यो जहाज एयर इन्डियालाई हस्तान्तरण गरेको थियो ।

खबर सबै
-
लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि , सुदूरपश्चिम फेरि स्तब्ध
-
एनपिएल फाइनलमा सुदूरपश्चिम–लुम्बिनीको निर्णायक भिडन्त
-
१४ वर्षपछि सुआरेजसँग भारत आइपुगे मेसी, तीन दिनमा चार सहर भ्रमण गर्ने
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
‘बनगाइ–मोतिपुर–कपिलधाम’ सडक निर्माण तीव्र गतिमा, ६ महिनामै सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य
-
पाल्पामा फोर्स मिनीबस दुर्घटना: तीनको मृत्यु, आठ जना घाइते
-
मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, आज ४ जनाको शपथ
-
एकैदिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
-
जिल्लामै पहिचान बनेकाे कपिलवस्तु महाेत्सवकाे १६ औं राैनकता: पर्दा पछाडि पाैडेलकाे सक्रियता, बढ्दै मेलाकाे भव्यता
-
एनपीएल फाइनल भिडन्त भोलि : आम्नेसाम्ने हुँदै राष्ट्रिय टिमका कप्तान र उपकप्तान







प्रतिक्रिया