

कपिलवस्तुमा १ सय ३७ ट्याब्लेट नाइट्रोभेटसहित २ जना पक्राउ



कपिलवस्तु, | कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटा चोकबाट प्रहरीले नियन्त्रित लागूऔषध नाइट्राभेटसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट गाउँपालिका–१ खलङ्गाका २४ वर्षीय नबिन नेपाली र रूकुम पूर्व सिस्ने गाउँपालिका–५ कमलदहका १९ वर्षीय शिसिर गौतम रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी सुजन शाहले बताउनु भयो । उनीहरूलाई चन्द्रौटा चोकमा शंका लागेपछि जाँच गर्दा नाइट्राभेट १३७ ट्याब्लेट बरामद भएको प्रहरी निरीक्षक शाहले जानकारी दिनुभयो ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । नियन्त्रणमा लिइएको लागूऔषध बिना डाक्टरी सिफारिस वा अनुमति बिक्री–वितरण तथा सेवन गर्न नपाइने संवेदनशील श्रेणीमा पर्छ ।
पछिल्लो समय चन्द्रौटा क्षेत्र लागुऔषध कारोबार र सेवनको केन्द्र बन्दै गएकाले प्रहरीले निगरानी बढाएको जनाएको छ । पक्राउ परेका दुबै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरीले स्पष्ट पारेको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया