

रोल्पामा चरेससहित चार युवा पक्राउ


रोल्पामा लागुऔषध चरेससहित चार युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा एक जना दाङका छन् भने अन्य तीन जना रोल्पाका छन्।
माडी गाँउपालिका–२ घर्ती गाउँमा कोठा भाडामा लिएर ‘हिल साइड अटो वर्कसप’ सञ्चालन गर्दै आएका दाङको लमही नगरपालिका – ५ कोइलाबास रोडका ३१ वर्षीय राजन गुप्ता, रोल्पाको रोल्पा नगरपालिका –२ मूलपानीका २८ वर्षीय भुपेन्द्र डाँगी, जिल्लाको माडी गाउँपालिका – २ परिवाङका २२ वर्षीय सुमन वुढा मगर र माडी – २ पारिवाङकै २३ वर्षीय लोकेन्द्र बुढा मगर पक्राउ परेका छन्।
गुप्ताको कोठामा कोठामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले कोठा खान तलासी गर्दा ६.८२ ग्राम चरेस बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बिजय चापागाईंले बताए।
इलाका प्रहरी कार्यालय घर्ती गाउँबाट गएको प्रहरी टोली शनिबार राति १० बजेतिर गुप्ताको कोठामा पुगेको थियो।
गुप्ताको कोठाको दराजमाथि प्लास्टिकमा लुकाइराखेको अवस्थामा चसेर बरामद भएको प्रहरी निरीक्षक चापागाईंले बताए।
पक्राउ परेका सबैलाई १० दिन थुनामा राखेर अनुसनधान गर्न जिल्ला अदालतले आइतबार नै म्याद दिएको थियो।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया