

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने



वासिंगटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा जाने भएका छन् । दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यसअघि उनी पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी हुन अप्रिल २६ मा भ्याटिकन सिटी पुगेका थिए ।
ट्रम्पले मंगलबार (मे १३) मा साउदीको राजधानी रियादमा युवराज मोहम्मद बिन सलमान (एमबीएस) सँग भेट गर्नेछन् । त्यसपछि उनी मे १४ मा खाडी नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन कतार जानेछन् । ट्रम्प आफ्नो भ्रमणको अन्तिम दिन मे १५ मा युएई पुग्नेछन् ।
खासमा अमेरिकाको राष्ट्रपति बनेपछि क्यानडा, मेक्सिको वा कुनै पनि युरोपेली देश घुम्ने पुरानो चलन रहेको छ । तर, सन् २०१७ मा राष्ट्रपति बनेपछि ट्रम्पले सबैभन्दा पहिले साउदी अरेबिया पुगेर यो परम्परा तोडेका थिए ।
दोस्रो पटक राष्ट्रपतिको रूपमा सपथ लिएपछि ट्रम्पले पहिलो विदेशी व्यक्ति साउदी राजकुमार एमबीएसलाई अमेरिका बोलाएका थिए । दुई नेताले मध्यपूर्वमा स्थायित्व ल्याउने, क्षेत्रीय सुरक्षा सुदृढ गर्ने र आतंकवादविरुद्ध लड्ने प्रयासबारे छलफल गरेका थिए ।
यसपछि साउदी सरकारले विज्ञप्ति जारी गर्दै आफ्नो देश आगामी चार वर्षभित्र अमेरिकामा ६०० अर्ब डलर लगानी गर्न तयार रहेको बताएको थियो । यद्यपि, ट्रम्पले भनेका थिए कि उनी यसलाई बढाएर १ ट्रिलियन डलरमा पुर्याउन चाहन्छन्, जसमा थप अमेरिकी सैन्य उपकरण खरिद पनि समावेश रहेको छ । साउदीको सार्वभौम सम्पत्ति कोष र सार्वजनिक लगानी कोष (पीआईएफ) मा ९२५ बिलियन रकम छ ।
साउदीले यस कोषमार्फत अमेरिकामा धेरै लगानी गरिसकेको छ । साथै, युएईले पनि आगामी १० वर्षमा अमेरिकाको एआई, सेमिकन्डक्टर, ऊर्जा र पूर्वाधार क्षेत्रमा १.४ ट्रिलियन डलर लगानी गर्ने इच्छा पनि व्यक्त गरेको छ ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा साउदी अरेबियालगायत खाडी मुलुकसँग राम्रो सम्बन्ध स्थापना गरेका थिए । ट्रम्पले पद छोडेपछि पनि साउदी अरेबियाले ट्रम्पका ज्वाइँ र पूर्व सहयोगी जारेड कुशनरको फर्ममा २ अर्ब डलर लगानी गरेको थियो ।
उता, कतारले ट्रम्पलाई ५५ अर्ब मूल्यको विशेष विमान जेट उपहार दिँदैछ ।
जमाल खशोग्गीको हत्यापछि साउदी अरेबिया र अमेरिकाबीचको सम्बन्ध प्रभावित हुँदा कुशनरले त्यसलाई सम्हाल्न सहयोग गरेको दाबी धेरै रिपोर्टहरूले गरेका छन् ।
ट्रम्पले साउदी अरेबियाको यो भ्रमण यस्तो समयमा गर्दैछन् जब उनको ट्यारिफले विश्वभर अशान्ति मच्चाएको छ । अमेरिकाको आर्थिक उत्पादन यस वर्षको पहिलो तीन महिनामा घटेको छ, जुन पछिल्लो तीन वर्षमा पहिलो गिरावट हो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया