दुईवटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसालेको पाकिस्तानको दाबी

 पाकिस्तानले दुईवटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसालेको दाबी गरेको छ। बीबीसीका अनुसार, पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार, सेनाले कम्तिमा दुईवटा भारतीय लडाकु विमान र एउटा ड्रोन खसालेको छ। शरीफले पाकिस्तानी सेना जमिनमै परिचालित रहेको बताएका छन्, तर कुन स्थानमा परिचालन गरिएको हो भन्ने खुलाउन चाहेनन् ।

उनले पाकिस्तानले आत्मरक्षाको अधिकार राख्ने भन्दै हालै त्यसअनुसारको कदम चालिएको बताए।

यसैबीच, रोयटर्स समाचार संस्थाले पनि पाकिस्तानका रक्षामन्त्रीलाई उद्धृत गर्दै भारतीय विमान खसालिएको उही दाबी दोहोरिएको जनाएको छ।

भारतले भने अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन, र बीबीसीले उक्त दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको उल्लेख गरेको छ।

प्रतिक्रिया

खबर सबै