

दाङमा फरार अभियुक्त २० वर्षपछि पक्राउ



दाङ । दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ पुकारपसल घर भई तुलसीपुर ६ बरुवगाउँ बस्दै आएका ४२ वर्षीय विरबहादुर गुरुङ पक्राउ परेका हुन् ।
उनमाथि २० वर्ष अघि आफ्नै ससुराको हत्या गरेको अभियोग लागेका छ । २०६२ साउन १४ गते राति ८ बजेतिर तुलसीपुरको अस्वारा घर भई तुलसीपुर ५ नयाँबसपार्कमा तरकारी पसल गरी बस्ने आफ्नै ससुरा ३५ वर्षीय काशीराम विकलाई हत्या गरेको अभियोग उनीमाथि रहेको प्रहरीले बताएको छ । हत्या पछि फरार रहेका विक लुकिछिपी भारत भागेका थिए । त्यसपछि केही समयमा घर आएका उनी तुलसीपुर १२ टरिगाउँमा लुकीछिपी बस्दै आएका थिए । सोही क्रममा शुक्रबार पक्राउ गरिएको हो ।
हत्याको दिन गुरुङ ससुराको घर गएका थिए । सोही क्रममा काशीराम र उनको कान्छी श्रीमती शोभा विकबिच खाना खाने क्रममा विवाद भयो । विवाद पश्चात् घरमा पाहुना गएका गुरुङले ससुरालाई खुट्टा र हातले हिर्काउँदा घटनास्थलमै मृत्यु भएको थियो । गुरुङ नसाको तालमा रहेको समेत प्रहरीले बताएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया