

फेसबुकमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने दुई युवक कपिलवस्तुमा पक्राउ


कपिलवस्तु | सामाजिक सञ्जालमार्फत हातहतियार प्रदर्शन गर्दै स्थानिय बासिन्दामा त्रास फैलाउने दुई युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ असैरनाका २१ वर्षीय दुर्गेश यादव र वडा नम्बर ४ निवासी २५ वर्षीय अनिल कुमार कहारलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार, दुर्गेश यादव र अनिल कुमार कहारले आफ्ना फेसबुक खाताबाट हातहतियार प्रदर्शन गरिरहेको फोटो तथा भिडियो सामग्री सार्वजनिक गर्दै आएका थिए। यसरी सार्वजनिक रुपमा हातहतियार देखाएर उनीहरूले स्थानिय समाजमा डर र त्रास फैलाएको सूचनाको आधारमा प्रहरी चौकी लवनीबाट खटिएको टोलीले उनीहरूलाई घरबाटै नियन्त्रणमा लिएको हो।
दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ल्याइएको र उनीहरूविरुद्ध सार्वजनिक शान्ति बिरुद्धको कसूरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।
प्रहरीले सामाजिक सञ्जालमा गैरकानुनी गतिविधि प्रदर्शन गरी समाजमा भय, भ्रम र अशान्ति फैलाउने जो-कोहीमाथि निगरानी गरिरहेको र यस्ता कार्यप्रति कडाइका साथ कारबाही हुने चेतावनी समेत दिएको छ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया