

भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु


भारतको नयाँ दिल्लीस्थित मुस्तफावाद क्षेत्रमा चार तले भवन भत्किँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । यो घटना शनिबार बिहान करिब २:३० बजे भएको हो ।
भग्नावशेषमा अझै १० जनाभन्दा बढी फसेको आशंका गरिएको छ। राष्ट्रिय आपदा मोचन बल र दिल्ली प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको छ।
डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले घटनाको पुष्टि गर्दै आफूहरूलाई बिहान करिब २:५० बजे घर भत्किएको जानकारी प्राप्त भएको बताए। उनले भने, ‘जब हामी घटनास्थलमा पुग्यौँ, हामीले पूरै भवन भत्किएको र मानिसहरू भग्नावशेषमा फसेको पायौँ। प्रहरीसँगको सहकार्यमा उद्धार कार्य सुरु गरिएको छ।’
शुक्रबार राति दिल्लीको मौसम अचानक बदलिएको थियो। भारी वर्षा र आँधीबेहरीका कारण धेरै क्षेत्रमा क्षति पुगेको छ। यही कारणले गर्दा मुस्तफावादको भवन पनि ढलेको मानिन्छ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया