

आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक जनाको मृत्यु



गुल्मी : आगो ताप्ने क्रममा जलेर गुल्मीमा एक वृद्धको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ७, वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको गए राति घरमै आगो ताप्दै गर्दा अचानक जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिएका छन्।
अविवाहित गिरी लामो समयदेखि भाइसँगै घरमा बस्दै आएका थिए। घटनाको बारेमा गिरीका भाइ टेकराज गिरीले प्रहरीमा जानकारी गराएपछि गए राति नै धुर्कोटबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाको बारेमा थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरिक्षक रामकुमार थापाको नेतृत्वमा सात जनाको प्रहरी टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक दाहालले बताए।


खबर सबै
-
रास्वपाले राहुल केसीलाई दियो लुम्बिनी प्रदेश अधिवेशन निर्वाचन समितिको जिम्मेवारी
-
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु
-
आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
बुटवलको तिनाउ सुनचाँदी पसलमा चोरी : बीमाको रकम हत्याउन सञ्चालककै प्रपञ्च, यसरी खुल्यो रहस्य
-
विश्वकपमा १६ वर्षपछि मेक्सिको र दक्षिण अफ्रिकाबीच दोहोरिएको संयोग
-
विश्वकप फुटबलको उद्घाटन समारोहमा के के हुदैछ ?
-
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुदैछ सहज ?
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची











प्रतिक्रिया