काठमाडौं आइपुगिन् बेलायती राजकुमार एवार्डकी श्रीमती सोफिया

बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् ।

राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुनेछन् । काठमाडौं आएपछि उनीहरू दुवैजना लैनचौरस्थित बेलायती राजदूतावास जानेछन् ।

तालिकाअनुसार दिउँसो सवा ४ बजे दुवै जना शीतल निवास प्रस्थान गर्नेछन् । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने भएका उच्च सरक्षा स्रोतले जानकारी दिएको छ । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।

तस्वीर : विकास श्रेष्ठ

प्रतिक्रिया

खबर सबै