

अमेरिकी विमान दुर्घटनाबारे ट्रम्पले लगाए यस्तो गम्भीर आरोप



काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमान दुर्घटनालाई लिएर सिंगो देश शोकमा रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाको वाशिंगटन डीसी नजिकै हेलिकोप्टरसँग अमेरिकन एयरलाइन्सको विमान ठोक्किएर भएको दुर्घटनाबारे पत्रकार सम्मेलन गर्दै दुर्घटनाको वास्तविक कारण थाहा नभएको बताएका छन् । उक्त दुर्घटनामा विमानमा सवार सबै ६४ जनाको मृत्यु भएको थियो ।
राष्ट्रपति ट्रम्पले दुर्घटनाको विस्तृत छानबिन गर्न आदेश दिइएको बताउँदै भने, “यो दुर्घटनाको वास्तविक कारण अहिलेसम्म थाहा हुन सकेको छैन । तर, हामी छिट्टै पत्ता लगाउनेछौँ । र, फेरि यस्तो नहोस् भनेर सुनिश्चित गर्नेछौँ ।”
उनले दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति समवेदना व्यक्त गर्दै अमेरिका शोकमा डुबेको बताए । उनले भनेका छ, “हेलिकोप्टर गलत समयमा गलत ठाउँमा थियो ।”
उनले यस घातक दुर्घटनाका लागि अघिल्लो बाइडेन सरकारको डीईआई प्रोगामलाई दोष दिए । यो कार्यक्रमअन्तर्गत अपांगता र मानसिक समस्या भएका मानिसलाई एयर ट्राफिक कन्ट्रोलरको रूपमा भर्ती गरिएको उनको आरोप छ ।
उनले ओबामा र बाइडेन प्रशासनलाई एयर ट्राफिक कन्ट्रोलमा औसत व्यक्ति भर्ती गरेको आरोप लगाए । ट्रम्पले आरोप लगाए पनि यसको कुनै प्रमाण भने दिएनन् ।
ट्रम्पले आफ्नो एक कार्यकारी आदेशलाई उदृत गरे जुन एयर ट्राफिक नियन्त्रणमा उच्च मापदण्ड अपनाउने थियो । बीबीसी


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया