

आज चम्किला चार र मधुरा दुई ग्रह एकसाथ हेर्न पाइने





काठमाडौं ।
आज सोमबार बुध, शुक्र, मंगल, वृहस्पति तथा शनिग्रह र २ वटा मधुरा ग्रहका रूपमा चिनिएका अरुण र वरुण एकसाथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिन्छ। त्यो अवलोकन गर्ने समय यो सातादेखि अन्तिम सातासम्म देख्न सकिने छ। सुरक्षाकर्मीहरू कवाज खेल्न पंक्तिबद्ध भएजस्तै माघ महिनाभरि हाम्रो सौर्यमण्डलका महत्वपूर्ण ग्रहहरू पंक्तिबद्ध भएर आकाशमा नृत्य गरिरहेको स्पष्ट रूपमा खाली आँखाले देख्न सकिन्छ।
उत्तरी गोलाद्र्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिने बीपी कोइराला प्लानेटोयरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिनुभयो।
माघ दोस्रो हप्तादेखि चौथो हप्ताको समयमा हाम्रो आकाशमा शनि, शुक्र वृहस्पति र मंगलग्रहलाई लामबद्ध भएर एउटै पंक्तिमा आकाशमा नृत्य गरिरहेको प्रतीत हुने उहाँको भनाइ छ। चारवटा चम्किला ग्रह (सूर्यको प्रकाशको परिवर्तनले गर्दा) बुध, शुक्र, मंगल, वृहस्पति तथा शनिसहित २ वटा मधुरा ग्रहहरू अरुण र वरुण एकसाथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिन्छ।
त्यो दृश्य अवलोकन गर्न समितिले आज सोमबार साँझ २ घण्टा अवलोकन गर्ने व्यवस्था गरेको छ। साँझ ६ देखि ८ बजेसम्म संग्रहालय कीर्तिपुरमा टेलिस्कोपको सहायताले यी ग्रहलाई सर्वसाधारण सबैलाई निःशुल्क अवलोकन गराउने व्यवस्था गरेको कार्यकारी निर्देशक शर्माले बताउनुभयो।
यस अवधिमा चन्द्रमा मध्यरातमा उदाउनुको साथै यो अर्ध चन्द्राकार हुनाले सूर्य अस्ताउनेबित्तिकै सफा आकाशमा सहज रूपमा दक्षिण पश्चिम दिशादेखि उत्तरपूर्व दिशामा देख्न सकिन्छ। मौसम अनुकूल रहेमा हल्का र फिक्का रूपमा रहेको अरुण र वरुण ग्रहलाई पनि टेलिस्कोप र बाइनाकुलरको सहायताले अवलोकन गर्न सकिनेछ।
यी ग्रहहरू पंक्तिबद्ध रहे तापनि यिनीहरूको चित्र एकैसाथ लिन कठिन रहने कार्यकारी निर्देशक शर्माले जानकारी दिनुभयो। काठमाडौंबाट अवलोकन गर्दा प्रकाश प्रदूषण न्यून भएको स्थानबाट सूर्यास्तपश्चात् यी ग्रहलाई खाली आँखाले अवलोकन गर्न सकिनेछ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया