

भारतले आज ७६ औँ गणतन्त्र दिवस मनाउँदै

आज भारतले ७६ औँ गणतन्त्र दिवस मनाउँदैछ । भारतले यस वर्ष ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित गणतन्त्र दिवस मनाइरहेको बीबीसी हिन्दीले जनाएको छ ।
गणतन्त्र दिवसको अवसरमा बिहान १० बजेदेखि नयाँ दिल्लीमा रहेको ‘कर्तव्यपथ’ मा राष्ट्रपति द्रौपदी मुर्मूले झण्डोत्तलन गर्ने तयारी छ । लगत्तै परेडमा विभिन्न प्रदेश र सरकारी विभागको झाँकी प्रदर्शन गर्ने बीबीसी हिन्दीले जनाएको छ ।
दिवसका अवसरमा वितरण गर्न सरकारले हिजै दुईजनालाई किर्ति चक्र, १४ वटा सौर्य चक्रसहित केही वीरता पुरस्कार पाउने व्यक्ति घोषणा गरेको छ । गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो सहभागी हुनुहुनेछ ।
सन् १९४७ को अगस्ट १५ तारिखमा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको भारतसन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै गणतन्त्रात्मक देश घोषित भएको थियो ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया