
भारतमा रेल दुर्घटना : ११ जनाको मृत्यु




काठमाडौं | भारतमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । महाराष्ट्रको जलगाउँस्थित परान्डा रेलवे स्टेसनमा बुधबार दुर्घटना भएको हाे । स्टेसनमा पुष्पक एक्सप्रेस रेलका यात्रीहरूलाई कर्नाटक एक्सप्रेस रेलले कुल्चिदिएको जनाइएको छ ।
पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूबीच भागदौड मच्चिएको र त्यसैक्रममा केही यात्रुले झ्यालबाट हामफालेको जनाइएको छ । हामफालेका यात्रुलाई विपरीत दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसले कुल्चिएको जनाइएको छ ।
जलगाउँ जिल्ला मजिस्ट्रेटका अनुसार घटनामा १२ जना घाइते भएका छन् । उनीहरूको पचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ ।
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया