

अमेरिकाको लस एन्जलसमा लागेको आगलागी अनियन्त्रित, मृत्यु हुनेको संख्या २४ पुग्याे



अमेरिकाको लस एन्जलसमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या अहिलेसम्म २४ पुगेको छ । बिबिसीका अनुसार आगलागीमा १६ जना बेपत्ता रहेका छन् ।
आगो आवासीय क्षेत्रहरूमा फैलिन नदिन अग्निनियन्त्रकहरूले सक्दो प्रयास गरिरहे पनि आगो नियन्त्रणमा लिन सकिरहेका छैनन् ।
पालिसेड्सको आगो रोक्नको लागि हवाई टोलीले आकाशबाट पानी छर्किरहेका छन् । प्यालिसेड्सको आगो ३७ हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र अब ब्रेन्टवुडतर्फ सरिरहेको छ ।
अर्कोतर्फ, पानीको अभावका कारण जनतामा बढ्दो आक्रोश देखेर अधिकारीहरू रक्षात्मक मोडमा देखिएको मिडिया रिपोर्टमा उल्लेख छ । यसैबीच रातमा हावा तीव्र हुन सक्ने सम्भावना रहेको मौसम विभागले चेतावनी दिएपछि आगो अझ तीव्र हुन सक्ने देखिएको छ ।
राष्ट्रिय मौसम सेवाले चेतावनी दिदै आगोलाई बढावा दिने बलियो सान्ता आना हावा शनिबार र आइतबार फेरि तीव्र हुन सक्ने बताएको छ ।
क्यालिफोर्नियाका सात छिमेकी राज्यहरू र संघीय सरकारले आगलागी नियन्त्रण गर्न सहयोग पठाएका छन् । छिमेकी देशहरू क्यानडा र मेक्सिकोले पनि सहयोग गरेका छन् ।
अमेरिकी इतिहासकै ठुलो आगलागी विपद बेहोरिरहेको ल्स एन्जल्समा लुटपाटका घटना पनि देखिएको रिपोर्टमा उल्लेख छ । प्रहरीले अहिलेसम्म लुटपाटमा संलग्न २९ जनालाई हिरासतमा लिएको जनाएको छ भने सुरक्षका लागि एक हजारभन्दा बढी सुरक्षकर्मी परिचालन गरिएको रिपोर्टमा बताइएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया